धादिङ । धादिङबेसी स्थित अरुण खोला गय राति उर्लदा खोला मिचेर बनाईएका अधिकांश भौतिक संरचनाहरुमा क्षेति पुगेको छ भने त्रिबेणीचोक नजिकै रहेको टंकेश्वर इन्टरप्राईजेजको २ करोड बराबरको जस्ता पाता बगाएको छ ।
टंकेश्वरका संचालक तिलक ढुंगानाका अनुसार ३ गाडी जस्ता बाहेक आफिस कोठामा रहेको दाराज, कम्प्यूटर समेत बगाएको छ । इन्सुरेन्स गरिएको यस कम्पनी सामाग्री सँगै चिल्ड्रेनपार्क बोर्डिङ स्कुल र यस आसपास देखि ओम शान्तिको भवन सम्म अरुण खोलाले क्षेति पुर्याएको छ ।
नगरपालिकाले धादिङबेसी आसपासका अरुण खोला, आँसी खोला र थोपल खोला संरक्षण कुनै पहल नगर्ने र खोला मिचेर भौतिक संरचना खडा गर्न नगरपालिकाले अनुमति दिने गरेको छ । एक अधिकारकर्मी भन्छन्, विपत्ती राम्रो कुरा हैन तर खोला मिचेर भौतिक संरचना बनाउन नगरपालिकाले दिएपनि एक दिन पाँच दिनमा खोलाले आफ्नो स्वरुप देखाउँदा क्षेति हुने सामान्य हो । नगपालिकाले अझै खोला संरक्षणको नीति लिएन भने अझै ठुलो क्षेति हेर्न धेरै दिन कुर्नु पर्दैन ।
प्रतिक्रिया दिनुहोस