काठमाडौँ, १५ श्रावण । काठमाण्डौँ उपत्यका भित्र सञ्चालन हुने १६ वटा स्कुल बस कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले गएको एक हप्ता अगाडिदेखी सञ्चालन गरेको अभियान अन्तर्गत काठमाडौँका विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा कारबाही गरेको हो ।
स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराइएको ट्राफिक प्रहरीले जनाएको छ ।
स्कुल जस्तो संवेदनशील क्षेत्रका बालबालिका ओसार पसार गर्नै क्रममा समेत विभिन्न स्कुलका पाँच वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको समेत भेटिएको छ ।
आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस